अविनाशीको पुस्तक स्मृतिका विम्वहरु विमोचन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८३, बुधवार

अविनाशीको पुस्तक स्मृतिका विम्वहरु विमोचन

काठमाडौं,२९ फागुन । राम लामा अविनाशीको पुस्तक स्मृतिका विम्वहरु विमोचन भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच पुस्तक स्मृतिका विम्वहरु विमोचन भएको हो ।

सुरभी साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा विभिन्न साहित्यकारहरुको उपस्थिति रहेको थियो । पुस्तकमा जीवनमा आफूले विभिन्न कालखण्डमा र विभिन्न देशहरुमा नेपालीहरुले भोगेका कथाहरुलाई उतारिएको छ । कार्यक्रममा उपस्थित साहित्यकार, समालोचकहरुले स्मृतिका विम्व आत्म स्थापना खोज्नका लागि लेखिएको साहित्य भएको उल्लेख गरे ।

कार्यक्रममा सहभागी साहित्यकारहरुले राम लामाको संस्करणमा घटाना कम र भावना बढी रहेको बताए । उनीहरुले पुस्तकमा थोरै कुरा भएपनि महत्व धेरै रहेको टिप्पणी गर्दै विदेशमा नेपालीहरुले पाएको दुःखका बारेमा पनि यथार्थ चित्रण गरिएको बताए ।

Leave a Reply