राष्ट्रिय सभा अध्यक्षको निर्वाचन कहिले ? | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन कहिले ?

काठमाडौं,२७ फागुन । राष्ट्रिय सभाको रिक्त अध्यक्ष पदको निर्वाचन फागुन २९ गते हुने भएको छ । आईतवार बसेको राष्ट्रिय सभा बैठकमा सभाको अध्यक्ष गर्नुभएकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन मिति फागुन २९ गते हुने तोक्नुभएको हो । उहाँले निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न संघीय संसदका महासचिवलाई निर्देशन समेत दिनुभयो ।

बैठकमा बोल्दै उहाँले भन्नुभयो – ‘राष्ट्रिय सभा नियमावली २०७५ को नियम ७ बमोजिम राष्ट्रिय सभाको अध्यक्ष पदको निर्वाचनको लागि २०८० फागुन २९ गते मंगलबारको दिन तोकिएको छु । साथै नियमावली बमोजिम संघीय संसदको महासचिव पद्मप्रसाद पाण्डेयलाई अध्यक्ष पदको निर्वाचन कार्यक्रम सम्बन्धी सुचना प्रकाशित गर्न निर्देशन दिन्छु ।’

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएपछि अध्यक्षको निर्वाचन गर्नुपरेको हो

Leave a Reply