कर्णालीमा कांग्रेसका ३ जना मन्त्रीले दिए राजीनामा | ईमाउण्टेन समाचार

Our Network

असोज २९ २०८१, मंगलबार

कर्णालीमा कांग्रेसका ३ जना मन्त्रीले दिए राजीनामा

सुर्खेत,२२ फागुन । केन्द्रको सत्ता समिकरण फेरिएसँगै प्रदेशमा पनि त्यसको असर परेको छ । आज कर्णाली प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको हो ।

८ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसबाट मन्त्री बनेका तीन जना मन्त्रीले राजीनामा दिंदै सरकारबाट बाहिरिएको जानकारी गराएका हुन् ।

सामाजिक विकासमन्त्री खड्गबहादुर पोख्रेल,अर्थमन्त्री बेदराज सिंह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले राजीनामा दिए ।

उनीहरू गत वैशाखमा मात्रै मन्त्रीको शपथ लिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);