२४ गतेदेखि ३० गतेसम्म दल दर्ता गर्न आयोगको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

२४ गतेदेखि ३० गतेसम्म दल दर्ता गर्न आयोगको निर्देशन

काठमाडौं,२१ फागुन । निर्वाचन आयोगले उपनिर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आग्रह गरेको छ । ०८१ वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि आयोगले दल दर्ता गर्न भनेको हो फागुन २४ गतेदेखि फागुन ३० गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल दर्ता गर्नुपर्नेछ ।

राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौंमा दल दर्ताका लागि निवेदन दिनुपर्ने आयोगको सूचनामा उल्लेख छ । उपनिर्वाचनको कार्यक्रम अनुसार चैत २४ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गरिने र त्यही दिन उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

उम्मेदवारको विरोधमा चैत २५ गते उजुरी दिन सकिने छ । चैत २६ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवम् निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । आयोगका अनुसार चैत २७ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिने छ । त्यस्तै, दिउँसो १ देखि ३ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ । निर्वाचन कार्यक्रमअनुसार
वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);