धितोपत्र बोर्डको अध्यक्षमा आवेदन आह्वान | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

धितोपत्र बोर्डको अध्यक्षमा आवेदन आह्वान

nepal security board

काठमाडौं,१६ फागुन । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुलाएको छ । अर्थ मन्त्रालयले आज एक सूचना जारी गर्दै अध्यक्ष पदका लागि आवेदन माग गरेको हो ।

योग्य नेपाली नागरिकहरुले १५ दिनभित्र अर्थमन्त्रालयको वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा खामबन्दी आवेदन दिन सक्नेछन् ।

सो पदका लागि शैक्षिक योग्यता स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्छ र धितोपत्र बजार व्यवस्थापन,पूँजी बजार विकास, आर्थिक, वित्तिय,वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेका व्यक्तिले आवेदन दिन सक्छन् ।

३० वर्ष पुरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने छ । नियुक्तिका लागि भने सिफारिससम्बन्धि कायविधि २०८० को दफा ३ बमोजिम कागजात तथा विवरणहरु आवेदक स्वयंमले प्रमाणित गरी २ प्रति पासपोर्ट साइजको फोटो,व्यवसायिक कार्यायोजना तथा ५ हजार दस्तुर बुझाएको सक्कल भौचर आवेदनका साथ पेश गर्नुपर्नेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);