तीनवटा सहकारीका वचतकर्तालाई बचत रकम दाबी गर्न आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

तीनवटा सहकारीका वचतकर्तालाई बचत रकम दाबी गर्न आह्वान

काठमाडौं,१६ फागुन । सरकारले हालै समस्याग्रस्त घोषित तीन सहकारीका वचतकर्तालाई आफ्नो बचत रकम दाबी गर्न आह्वान गरेको छ । हाम्रो नयाँ कृषि सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी र कान्तिपुर सेभिङ एण्ड क्रेडिड सहकारीका वचतकर्ताहरुले रकम मागदाबी गर्न सक्नेछन् ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र वचत रकम दाबी गर्न आह्वान गरेको हो । सहकारीका सदस्य बचतकर्ता तथा साहुहरुले समितिको वेबसाइट बाट अनलाइनमार्फत् आफूले पाउनुपर्ने रकम दाबी गर्न सक्ने छन् । समितिले हाम्रो नयाँ कृषि सहकारीलाई गत माघ ११, कृषि विकास बहुउद्देश्यीय सहकारीलाई माघ २६ र कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारीलाई फागुन ३ गते समस्याग्रस्त घोषणा गरेको थियो ।

समितिले तीनवटै सहकारीका संचालक तथा कर्मचारीलाई सहकारीसँग सम्बन्धित सम्पूर्ण कागजात तथा सम्पत्तिहरु समिति समक्ष बुझाएर कार्यालय बन्द गर्न र कुनै पनि कारोबार नगर्न भनेको छ। ऋणि सदस्यलाई पनि समितिमा सम्पर्क राखी ऋण भुक्तानी गर्न र साविकका संचालक तथा कर्मचारीसँग भुक्तानी कारोबार नगर्न सचेत गराइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);