स्व.आचार्य सुर सम्राटका रुपमा सांगीतिक क्षेत्रमा रही रहनुहुनेछः महामन्त्री शर्मा | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८२, शुक्रबार

स्व.आचार्य सुर सम्राटका रुपमा सांगीतिक क्षेत्रमा रही रहनुहुनेछः महामन्त्री शर्मा

bishwo prakash sharma

काठमाडौं,१५ फागुन । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्व. भक्तराज आचार्य सुर सम्राटका रुपमा परिचित रहनुभएको बताउनुभएको छ ।

सोमवार निधन हुनुभएका आचार्यको पार्थिव शरीर मंगलवार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्वर सम्राट नारायणगोपाल भएझैँ सुर सम्राटको रुपमा स्व. आचार्य रहनुभएको बताउनु भयो । उहाँले स्व. आचार्यले नेपाली गीत÷संगीतमा दिनुभएको योगदान, भाव, प्रभाव सदैव जीवित रहने बताउनु भयो । उहाँले भौतिक रुपमा नेपालीबाट टाढा भएपनि भावनात्मक र सांगीतिक क्षेत्रमा सधैँ नेपाली माझ नै रही रहने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्वर सम्राट नारायण गोपाल हुनुहुन्छ भने सुर सम्राट भक्तराज आचार्य हो । उहाँका सुरहरु र त्यसले चयन गरेका शब्द, त्यसको भाव त्यसले दिएको प्रभाव हामी सदैव सम्मिmरहन्छौँ । उहाँ भौतिक रुपमा जानुभयो होला, भावनात्मक रुपमा संगीतमा उहाँ सदैव जीवित हुनुहुन्छ । यो एउटा स्वर्णिम अध्यायको रुपमा नेपाली संगीत प्रेमीहरुको बीचमा, नेपालीहरुको बीचमा सधैँ अमर रही रहनुहुनेछ ।’

महामन्त्री शर्माले आचार्य सांगीतिक क्षेत्रमा स्वर्णिम अध्यायको रुपमा नेपाली संगीत प्रेमीहरुको बीचमा, नेपालीहरुको बीचमा सधैँ अमर रही रहने बताउनु भयो ।

Leave a Reply