आचार्यको निधनसँगै नेपाली गीत÷संगीतमा एउटा अध्याय समाप्त भयोः महामन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

आचार्यको निधनसँगै नेपाली गीत÷संगीतमा एउटा अध्याय समाप्त भयोः महामन्त्री थापा

काठमाडौं,१५ फागुन । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले भक्तराज आचार्यको निधनसँगै नेपाली गीत÷संगीतमा एउटा अध्याय समाप्त भएको बताउनुभएको छ ।

सोमवार निधन हुनुभएका आचार्यको पार्थिव शरीर मंगलवार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । उहाँले । सांगीतिक क्षेत्रमा अग्र पंक्तिमा नाम लिने आचार्यको निधनसँगै देशलाई ठूलो क्षति पुगेको बताउनु भयो । उहाँले आचार्यको भौतिक शरीर नरहे पनि उहाँको सिर्जना कालजयी रहने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भक्तराज आचार्यसँगै एउटा अध्यायको समाप्त भएको छ । सांगीतिक क्षेत्रमा अग्र पंक्तिमा नाम आउने उहाँकै थियो । नेपाली संगीतालाई मैले केरै कुरा दिएँ भन्नेमा धेरै नै सन्तोष थियो होला । नेपाली संगीतलाई अझै निरन्तर दिनका लागि मैले मेरा दुई छोरा लगातार यो कर्ममा हुनुहुन्छ भन्ने सोच्नुभएको थियो ।’

उहाँले नेपाली संगीतलाई अझै निरन्तरता दिनका लागि स्व. आचार्यले आफ्न दुई पुत्रहरुलाई पनि सांगीतिक क्षेत्रमै लगाएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);