राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्ने तरीका सिकाउन आयोगको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

आजदेखि निर्वाचन आचारसंहिता लागू –

काठमाडौं, १२ माघ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनमा मतदातालाई मतसंकेतबारे प्रष्ट बुझाउन मातहतका कर्मचारीलाई निर्देशन दिएको छ ।

एउटा मत बदर हुँदा १८ वा ४८ मतभार बदर हुने भएकाले जिल्ला–जिल्लामा गएर मतदातालाई मत संकेत गराउने तरिका सिकाउन प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले निर्देशन दिएका छन् ।

ललितपुरको गादोवरीमा आयोजित ‘राष्ट्रिय सभा सदस्य निर्वाचन : मतदान र मतगणना’ विषयक प्रशिक्षणको शुक्रबार उद्घाटन गर्दै यादवले आजदेखि निर्वाचन आचारसंहिता लागू भएकाले नेपाल सरकारबाट आचारसंहिताको पूर्ण पालनमा हुनेमा उनले विश्वास व्यक्त गरे ।

उनले निर्वाचन अवधिभर सरुवा, बढुवा, दीर्घकालीन प्रभाव पार्ने खालका नयाँ कार्यक्रमको थालनी नगर्न पनि सरकारको ध्यानाकर्षण गराए । प्रदेश नम्बर ३ को राष्ट्रिय सभा सदस्यको निर्वाचन ललितपुरमा हुँदैछ । एक दिने प्रशिक्षणमा प्रदेश नम्बर ३ र ४ का क्षेत्रीय निर्वाचन अधिकारी र जिल्ला निर्वाचन अधिकारी गरी २७ जनाको सहभागिता थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);