राष्ट्रियसभा निर्वाचन आचारसंहिता शुक्रबारबाट लागू | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

राष्ट्रियसभा निर्वाचन आचारसंहिता शुक्रबारबाट लागू

काठमाडौं, १२ माघ । माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि शुक्रबारबाट निर्वाचन आचासंहिता लागू भएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि शुक्रबारबाट आचारसंहिता लागू गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए । निर्वाचन आयोगले निर्वाचनको मत परिणाम सार्वजनिक नभएसम्म आचारसंहिता लागू हुने बताए ।

निर्वाचन आयोगले सरकार, राजनीतिक दल, उम्मेदवार, संचार माध्यामलाई समेत निर्वाचन आचारसंहिता पूर्ण पालना गर्न, गराउन पनि सचेत गराएको छ ।

निर्वाचन आचारसंहिताको उलंघन गरिएको पाइए १ लाख नगदसहितको जरिवान हुने सक्ने काुननी व्यवस्था रहेको पनि आयोगका सहायक प्रवक्ता शर्माले बताए ।

निर्वाचन आयोगले आगामी माघ १५ गते उम्मेदवारहरुको अन्तिम नामवली सार्वजनिक गरी निर्वाचन चिन्ह प्रदान गर्ने जनाएको छ । आगामी माघ २४ गते बुधबार ५६ सदस्यका लागि राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । ५९ सदस्यीय राष्ट्रिय सभामा ३ सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);