मानसिक स्वास्थ्यमा सरकारले चासो नदेखाएको सुनिता बरालको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

मानसिक स्वास्थ्यमा सरकारले चासो नदेखाएको सुनिता बरालको आरोप

काठमाडौं,१३ फागुन । नेकपा एमालेकी सांसद सुनिता बरालले मानसिक समस्या बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आईतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले मानसिक रोगप्रति सरकारले विभिन्न रणनीतिक योजना बनाएर काम गर्न आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले आत्महत्याको समस्या पछिल्लो समय झनै बढेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले मानसिक समस्याका कारण समाजमा अपराध र अपराधिक घटना बढिरहेको बताउनु भयो । उहाँले मानसिक स्वास्थ्यमा सरकारले चासो नदिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केही दनिअघि ललितपुरमा एक महिलाले आफ्ना दुई बच्चाको हत्या गरी आत्महत्या गरिन् । त्यस्तै काठमाडौंमा तीन जनाको हत्या गरी एक पुरुषले आत्महत्या गरे । आत्महत्याको दर असाध्यै अत्यासलाग्दो तरिकाले बढिरहेको छ । डिप्रेसनका कारण बढेका अपराध र अपराधिक अवस्था डरलाग्दो अवस्था छ । यसतर्फ सरकारको ध्यान जान आवश्यक छ । २०४० सालमा सरकारी तवरबाट ४० बेडका मानसिक अस्पतालको स्थापना भयो । त्यसपछि न अर्को अस्पताल खुल्यो, न मानसिक स्वास्थ्य प्राथमिकतामा नै परेको छ । दिनदिनै मानसिक स्वास्थ्य समस्या बढेको बढ्यै छ । सूचना, प्रविधि र डिजिटलाइजेशनले निम्त्याएका धेरै समस्या छन् । रोजगारी र आर्थिक असहजताले धेरै नै सामाजिक समस्या बढेका छन् ।’ उहाँले सूचना, प्रविधि र डिजिटलाइजेशनका कारण सामाजिक समस्या बढिरहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);