बागलुङको बलेवा विमानस्थल संचालनका लागि प्रारम्भिक अध्ययन शुरु | ईमाउण्टेन समाचार

Our Network

पुष २ २०८१, मंगलबार

बागलुङको बलेवा विमानस्थल संचालनका लागि प्रारम्भिक अध्ययन शुरु

सुवास आचार्य
बागलुङ, १२ माघ । दुई दशक अघि बन्द भएको बागलुङको बलेवा विमानस्थल संचालनका लागि प्रारम्भिक अध्ययन शुरु गरिएको छ । विमानस्थल संचालनका लागि पटक–पटक पहल भएपनि सफल भएको थिएन । यसपटक विमानस्थल संचालनका लागि सरोकारवाला निकाय लागिपरेका छन् ।

बलेवा विमानस्थल संचालनका नागरिक उड्ययन प्राधिकरणका प्रवन्धक इन्द्रराज अधिकारी नेतृत्वको टोलीले विमानस्थल सञ्चालनका लागि प्रारम्भिक अध्ययन शुरु गरेको हो । २०४८ सालदेखी बन्द विमानस्थल संचालनका लागि पटक पटक पहल भएपनि सफल भएको छैन । अहिले बागलुङ नगरपालिकाले विमानस्थल संचालनको लागि पहल गरेको हो । विमानस्थल संचालनमा आए जिल्लाको विकास हुने स्थानीयको भनाई छ ।

नगरपालिका र नेपाल नागरिक उडड्यन प्राधिकरणबीच विमानस्थल संचालन गर्ने सहमति भएपछि प्रक्रिया अगाडि बढेको हो । दुई दशक अघि बन्द भएको विमानस्थल संचालनका लागि प्राविधिक जटिलता नरहेको सरोकारवालाको भनाई छ ।

अध्ययनका लागि पुगेको टोलिले रिपोर्ट प्राधिकरणमा बुझाएपछि थप प्रक्रिया अगाडि बढाउने तयारी छ । बागलुङ नगरपालिकाले आगामी चैत सम्ममा विमानस्थल संचालनमा ल्याउने प्रतिवद्धता जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);