निर्वाचन आयोगले राजनीतिक दललाई दियो निर्देशन (सूचनासहित) | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८३, मंगलबार

निर्वाचन आयोगले राजनीतिक दललाई दियो निर्देशन (सूचनासहित)

nirbachan ayog new

काठमाडौं, ३ फागुन । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई नयाँ निर्देशन जारी गरेको छ । आयोगमा दर्ता भएका सबै दलहरूलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम आफ्नो नाम, विधान, नियम, छाप, झण्डा वा चिन्हमा भएको परिवर्तन भएमा त्यसको जानकारी ३० दिनभित्र दिन निर्देशन दिएको छ ।

दलले पदाधिकारीको हेरफेर भएका विषयको जानकारी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम ३० दिन भित्र आयोगलाई दिनुपर्नेछ ।

आयोगको गत फागुन ४ गतेको निर्णय अनुसार सो निर्देशन दिएको हो ।

आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले विधान संशोधन वा हेरफेर गरी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अद्यावधिकको लागि आयोगमा पेश गर्दा आयोगले मिति २०७९÷०४÷०४ मा स्वीकृत गरेको ढाँचा बमोजिम तयार गरी पेश गर्नुपर्ने छ ।

Leave a Reply