आईसीसी क्रिकेट विश्वकप लिग २ः नामिबियाविरुद्ध नेपालको खराब सुरुवात | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

आईसीसी क्रिकेट विश्वकप लिग २ः नामिबियाविरुद्ध नेपालको खराब सुरुवात

काठमाडौं,३ फागुन । नेपालले आईसीसी वल्र्ड क्रिकेट लिग टु अन्तर्गतको खेलमा नराम्रो ब्याटिङ गरिरहेको छ । किर्तिपुरको मैदानमा जारी लिग टुको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध सुरुवाती खेलमा खराब ब्याटिङको प्रदर्शन गरेको हो ।

नेपालले ३० ओभरको समाप्तिमा १ सय रन कटाएको छ भने ९ विकेट गुमाइसकेको छ । ओपनर कुशल भुर्तेलले डलआउट भएको खेलमा आसिफ शेखले ४ रन बनाएर पोविलियन फर्किए ।

अनिल साह ८ रनमा आउट भए भने कप्तान रोहित पौडेल एक रन बनाएर बोल्ड भए । त्यसैगरी, भिम सार्की ४४ रनमा आउट हुँदा कुशल मल्ल १५ र सोमपाल कामी २ रन बनाएर पोविलियन फर्किए ।

३५.३ ओभरमा पवन व्यक्तिगत १२ रनमा आउट भएका हुन् । उनी निकोल लोफ्टि–इटनको बलमा जेरार्ड एराम्मसको हातबाट क्याट आउट भएका हुन् । उनी आउट हुँदा नेपालले १२१ रन मात्र बनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);