काठमाडौं,३ फागुन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशन आज सकिँदै छ ।
सम्मेलनमा आज ७ समूहगत छलफलको निस्कर्ष सुनाइने छ । बुधवार १३ वटा समूहले आफ्नो निस्कर्ष सुनाएका थिए ।
आज बिहान ११ बजेदेखि शुरु हुने छलफललमा सुझावहरु पेस गर्ने र आज नै विधान सम्मेलन सम्पन्न गर्ने बताइएको छ ।