'मध्यपहाडमै भविष्यको खोजी गर्नसक्ने गरी नीति कार्यक्रम बनाउनुपर्छ' | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

‘मध्यपहाडमै भविष्यको खोजी गर्नसक्ने गरी नीति कार्यक्रम बनाउनुपर्छ’

काठमाडौं,३ फागुन । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मध्यपहाडी क्षेत्रमा नै भविष्यको खोजि गर्नुपर्छ भन्ने सन्देश दिनेगरी आगामी नीति तथा कार्यक्रम बनाउनुपर्ने बताउनुभएको छ । बुधवार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मुख्यसचिव र मन्त्रालयका सचिवहरुलाई एमालले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा जनताका माग समेटेको ध्यानाकर्षणपत्रका विषयमा छलफल गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले संकल्प यात्राका क्रममा मध्येपहाडी लोकमार्ग क्षेत्रको विकासका ध्यान नदिँदा त्यो क्षेत्रमा जनसांख्यिक असन्तुलन आइरहेको भन्दै त्यस्ता खालका असन्तुलन रोक्नको लागि सरकारले आगामी वर्षको नीति कार्यक्रम र बजेटमा आउने गरी मन्त्रालयगत विषयलाई महत्वका साथ अगाडि बढाउन सचिवहरुलाई आग्रह गर्नुभयो । उहाँले सरकारले मध्यपहाडी लोकमार्गलाई देशको मेरुदण्डको रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । नेता पौडेलले सरकारले मध्यपहाडी लोकमार्गको झुलाघाट–चिवाभञ्ज्याङसम्मकै डिपिआर परिमार्जन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले डिपीआर परिमार्जन गर्दा अनावश्यक रुपमा घुमेका मार्गलाई करेक्शन गर्न पनि आवश्यक देखिएको भन्दै करेक्शन गर्दा केही दूरी कम हुने बताउनु भयो । उहाँले मध्येपहाडी लोकमार्गको डिपिआर परिमार्जन गर्ने र नयाँ डिपिआर गर्ने क्रममा सम्भावित सुरुङ मार्गको अध्ययनमा समावेश गर्नुपर्ने बताउनु भयो । उहाँले मध्येपहाडी लोक राजमार्गलाई वर्तमान अवस्थाका प्रविधिलाई जोडेर बनाउने हो भने मध्येपूर्वका जिल्लाबासीहरु काठमाडौं आउँदा मध्येपहाडी लोकमार्ग प्रयोग गर्नसक्ने अवस्था रहेको बताउनु भयो । उहाँले मध्यपहाडी क्षेत्रको विकासमा सरकारले ल्याउने बजेटमा यो विषयलाई प्राथमिकताका साथ समावेश गर्न माग गर्नुभयो । उहाँले उक्त मार्गलाई दोब्बर लेनको बाटोको रुपमा निर्माण गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो । उहाँले यस क्षेत्रमा सिंचाई, खानेपानी,कृषि,फलफूल क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यक देखिएको बताउनु भयो । उहाँले मध्यपहाडी क्षेत्रको समग्र विकासका लागि सडक पूर्वाधार सिंचाई,खानेपानी,शिक्षा स्वास्थ्य र भौतिक र मानवीय विकासका सबै आधारित भएर माग पत्रमा समावेश गरेको भन्दै सचिवहरुले प्राथमिकता दिन आवश्यक रहेको बताउनु भयो । उहाँले मध्यपहाडको विकासको मुद्दालाई सरकारले प्राथमिकता दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारले मध्यपहाडी लोकमार्गलाई देशको मेरुदण्डको रुपमा विकास गर्नसक्छौं भन्ने हामीले भ्रमणको क्रममा निष्कर्षमा पुगेका छौं । त्यसको लागि सबै भन्दा पहिला मध्यपहाडी लोकमार्गको डिपिआर परिमार्जन गर्नुपर्छ । झुलाघाटदेखि चिवाभञ्झ्याङसम्मको डिपिआर परिमार्जन गर्नुप¥यो । परिमार्जन गर्दा जहाँजहाँ अनावश्यक रुपमा घुमेको छ । त्यो करेक्शन गर्नुपर्छ । करेक्शन गर्दा मात्रै पनि केही दूरी कम हुन्छ । तत्काल गर्न आर्थिक रुपमा साथ नदिए पनि सधैँ यही अवस्थामा रहँदैन । त्यसले गर्दा मध्यपहाडी लोकमार्गको डिपिआर परिमार्जन गर्ने र नयाँ डिपिआर गर्ने क्रममा सम्भावित सुरुङ मार्गको अध्ययनमा समावेश गर्नुपर्छ । यो राजमार्गलाई वर्तमान अवस्थाका प्रविधिलाई जोडेर बनाउने हो भने मध्यपूर्वका जिल्लाबासीहरु काठमाडौं आउँदा मध्यपहाडी लोकमार्ग प्रयोग गर्न सक्छन् । पछिल्लो समय मध्यपहाडी क्षेत्रमा देखा पर्न थालेको जनसांख्यिक असन्तुलन देखापर्दैछ । जुनखालको बसार्इंसराईको असरमा छ मध्यपहाड त्यो समस्या समाधान गर्नसक्छौं । आगामी सरकारले ल्याउने बजेटमा यो विषयलाई प्राथमिकताका साथ समावेश गरियोस् । उक्त मार्गलाई डब्बल लेनको बाटोको रुपमा निर्माण गर्ने वातावरण बनाउन आग्रह गरे । यो क्षेत्रका सिंचाई, खानेपानी,कृषि,फलफूल क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यक छ । मध्यपहाडी क्षेत्रको समग्र विकासका लागि सडक पूर्वाधार सिंचाई,खानेपानी,शिक्षा स्वास्थ्य र भौतिक र मानविय विकासका सबै आधारित भएर माग पत्र बुझाएका छौं । मध्यपहाडको विकासमा सरकारले ध्यान दिन नसक्दा धेरै प्रकारको असन्तुलनको सामना मुलुकले गर्नुपर्ने स्थिति सिर्जना हुँदैछ त्यसतर्फ ध्यान दिनुपर्छ । मध्यपहाडको विकासको मुद्धालाई सरकारले प्राथमिकताका साथ लिएको छ भन्ने सन्देश दिँदै बसाईसराई होइन मध्येपहाडमा भविष्यको खोजी गर्नुपर्छ भन्ने सन्देश दिनेगरी अगाडि बढ्नुपर्ने आवश्यकता छ । त्यस हिसावले अगाडि बढ्नका निम्ति आउने आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा आउने गरी मन्त्रालयगत विषयलाई महत्वका साथ अगाडि बढाउनुहुन्छ भन्ने आशा गरेका छौं ।’

छलफलमा सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्यालले एमालले बुझाएको सुझाव कुनै पार्टी विशेष भन्दा पनि समग्र देशको आवश्यकता र मध्यपहाडी क्षेत्र र आसपासका ठाउँहरुको समग्र विषय समावेश भएकाले त्यही अनुसार प्राथमिकता दिएर काम गर्न सचिवहरुलाई निर्देशन दिनुभयो । उहाँले मध्यपहाडी लोकमार्गको विषयमा आएका सुझावलाई अध्ययन गरेर मन्त्रालयगत गर्नुपर्ने आवश्यक निर्देशन मन्त्रीबाट लिएर अगाडि बढ्न सचिवहरुलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ उहाँहरुले बुझाएको सुझाव कुनै पार्टी विशेष भन्दा पनि समग्र देशको आवश्यकता र मध्यपहाडी क्षेत्र र आसपासका ठाउँहरुको समग्र विषय समावेश भएको हुनाले कतिपय विषयहरु सर्वे गरेर काम गर्न सहज हुने देखिएको छ । त्यो सुझाव हेरेर मन्त्रालयगत रुपमा केके गर्न सकिन्छ । मन्त्रीहरुसँग समन्वय गरेर निर्देशन लिएर त्यो निर्देशनअनुसार अगाडि बढाउन सचिवहरुलाई निर्देशन गर्छु । सरकारका आगामी वर्षका नीति तथा कार्यक्रम र आयोजनाहरु हुन्छन् त्यसमा अहिले आएका मागहरुलाई कसरी समावेश गर्न सकिन्छ भन्ने हिसावमा काम गर्न आग्रह गर्दछु ।’

नेकपा एमालेले मंसिर १४ देखि पुस १ गतेसम्मको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा जनताका माग र पार्टीले अनुभुति गरेका विषयहरूलाई समेटेर सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । त्यही विषयमा मन्त्रालयगत रुपमा कार्यान्वयनको लागि आवश्यक छलफल गरेको छ । ध्यानाकर्षणपत्रमा सडक, कृषि, उद्योग भवन निर्माण, खेलकुद, खानेपानी लगायतका विषय समेटिएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);