सरकारी छाप तथा कागजपत्र कीर्ते गर्ने पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

सरकारी छाप तथा कागजपत्र कीर्ते गर्ने पक्राउ

नवलपरासी पूर्व,२६ माघ । विभिन्न सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गरेको अभियोगमा विनयी त्रिबेणी गाउँपालिका( ४ बैरेनी बस्ने गोरखा शहिद लखन गाउँपालिका(६ घर भएका ३२ वर्षीय आकाश चन्द्र परियारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
परियारले सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनलाई विनयी त्रिबेणी गाउँपालिका(१ दुम्किबास बजारबाट पक्राउ गरेको हो । साथै उनको घर तलासी गर्दा सरकारी छाप दस्तखत कीर्ते सम्बन्धी कसुरमा प्रमाण लाग्ने विभिन्न प्रकारका चिजबस्तुहरू समेत बरामद भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);