जोर्डन र युएईद्वारा गाजामा युद्धविराम गर्न आग्रह | ईमाउण्टेन समाचार

Our Network

जेठ १५ २०८१, मंगलबार

जोर्डन र युएईद्वारा गाजामा युद्धविराम गर्न आग्रह

uae

एजेन्सी,२३ माघ । जोर्डनका राजा अब्दुल्लाह द्वितीय र संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले गाजा पट्टीमा युद्धविराम गर्न आग्रह गर्नुभएको छ । अम्मानमा भएको भेटमा राजा अब्दुल्लाह र युएईका राष्ट्रपतिले नागरिकहरूको सुरक्षाका लागि प्रयासहरू तिब्र पार्ने र स्ट्रिपका मानिसहरूलाई मानवीय सहायताको निरन्तर र पर्याप्त वितरण सुनिश्चित गर्ने महत्वमा जोड दिनुभयो ।

नेताहरूले गाजामा द्वन्द्व जारी राख्ने, विनाशकारी मानवीय अवस्थालाई बढाउँदै जाने असरहरू विरुद्ध चेतावनी दिए । दुवै पक्षले प्यालेस्टाइनी जनताको वैधानिक अधिकार प्राप्त गर्नका लागि आफ्नो पूर्ण समर्थनको नवीकरण गर्दै, यस क्षेत्रमा सुरक्षा र स्थायित्व पुनःस्थापना गर्ने एक मात्र उपाय प्यालेस्टिनी मुद्दाको व्यापक र न्यायोचित समाधानमा पुग्न राजनीतिक प्रक्रिया शुरु गर्नु रहेको बताए ।

राजा अब्दुल्लाले प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्र संघको राहत र कार्य एजेन्सीलाई गाजाको दुःखद् मानवीय अवस्थालाई ध्यानमा राख्दै संयुक्त राष्ट्रले अत्यावश्यक मानवीय सेवाहरू प्रदान गर्न सक्षम बनाउन अन्तर्राष्ट्रिय समुदायको निरन्तर सहयोगको आग्रह गर्नुभयो । भेटमा द्विपक्षीय सम्बन्ध र सबै क्षेत्रमा सहयोग विस्तार गर्ने अवसरहरू पनि समेटिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);