वैदेशिक लगानी अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वैदेशिक लगानी अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले घट्यो

गत वर्ष विश्वव्यापी रूपमा प्रवाह भएको प्रत्यक्ष वैदेशिक लगानी अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले घटेको छ ।

baideshik lagani

काठमाडौं, ११ माघ । गत वर्ष विश्वव्यापी रूपमा प्रवाह भएको प्रत्यक्ष वैदेशिक लगानी अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले घटेको छ । २०१६ मा १ दशमलब ८१ ट्रिलियन डलरको एफडीआई प्रवाह भएकोमा २०१७ मा १ दशमलब ५२ ट्रिलियन डलर मात्रै कायम भएको व्यापार तथा विकासका लागि संयुक्त राष्ट्रसंघीय सम्मेलनले जनाएको छ ।

अन्य सकारात्मक आर्थिक सूचकका बाबजुद एफडीआईमा भएको प्रवाह ओरालो लाग्नु आश्चर्यजनक भएकोे व्यापार तथा विकासका लागि संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सार्वजनिक भएको ग्लोबल इन्भेस्टमेन्ट ट्रेन्ड्स मनिटरले जनाएको छ । विकसित मुलुकमा एफडीआईको प्रवाहमा २७ प्रतिशतको गिरावट आएको छ । अमेरिकामा घटेको ३२ प्रतिशत र बेलायतमा घटेको ९० प्रतिशत विकसित मुलुकमा एफडीआई ओरालो लाग्नु प्रमुख कारण भएको छ ।

यद्यपि अस्ट्रेलियामा भएको ११ प्रतिशतको वृद्धिले यसमा केही पूर्ति गरेको छ । चीनमा कीर्तिमानी तहमा एफडीआई प्रवाह भएको छ । विकासशील मुलुकमा भने एफडीआई स्थिर रहेको छ । यी मुलुकमा अनुमानित ६ सय ५३ अर्ब डलरको एफडीआई प्रवाह भएको छ । यो अघिल्लो वर्षको तुलनामा २ प्रतिशत बढी हो । विशेष गरी विकासशील एसिया, ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा लगानी प्रवाह उत्साहजनक भएको छ ।

विकासशील एसिया विश्वमै सर्वाधिक एफडीआई भित्राउने क्षेत्र भएको छ । दोस्रोमा युरोपेली संघ र तेस्रोमा उत्तर अमेरिकी क्षेत्र परेका छन् । विश्वको संक्रमणको अवस्थामा रहेको अर्थतन्त्रमा एफडीआईमा १७ प्रतिशतको गिरावट आएर अनुमानित ५५ अर्ब डलर कायम भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);