हुथी बिद्रोहीले अमेरिकी जहाजमा आक्रमण गरेको दाबी | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

हुथी बिद्रोहीले अमेरिकी जहाजमा आक्रमण गरेको दाबी

एजेन्सी, १८ माघ ||
यमनको हुथी समूहले अडेनको खाडीमा रहेको अमेरिकी व्यापारिक जहाजमा मिसाइल हमला गरेको दाबी गरेको छ । उनीहरूले एक कन्टेनर जहाजलाई निशाना बनाएको बताएका छन् । इजरायली बन्दरगाहहरूमा जाँदै गरेको सो कन्टेनरमाथि आक्रमण गरेको उनीहरुको भनाइ छ । हुथी सेनाका प्रवक्ता याह्या सारियाले गाजासँग ऐक्यबद्धता र यमनमा अमेरिकी–बेलायत आक्रमणको बदलास्वरूप आक्रमण गर्नुपरेको बताउनु भयो । उक्त आक्रमण रेड सीमा रहेको अमेरिकी विनाशक यूएसएस ग्रेभलीमा मिसाइल प्रहार गरेको केही घण्टापछि भएको हो । यस दाबीमा अमेरिकी पक्षबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);