प्रधानमन्त्री कप क्रिकेटः कोशी र एपीएफ विजयी | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८१, आइतबार

प्रधानमन्त्री कप क्रिकेटः कोशी र एपीएफ विजयी

काठमाडौं, १६ माघ ||
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा मंगलवारको खेलमा कोशी र एपीएफ क्लव विजयी भएको छ । कोशीले लुम्बिनी प्रदेशमाथि १६ रनको जित निकाल्यो भने एपीएफले सुदूरपश्चिममाथि ३ विकेटको जित निकाल्यो । कोशीले दिएको १७३ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४६.५ ओभरमा १५६ रन बनाउँदै अल आउट भयो । लुम्बिनीका लागि दिलसाद अलीले ३२, विराट भण्डारीले २८, सम्राट भुषालले २६, कृष्ण कार्कीले २२, सुशान्त थापा र निर्मल गुरुङले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो स्कोरको रन छुन सकेनन् । बलिङमा कोशीका सुजन घिमिरेले ३, अभ्यास तिम्सिना, समिर कार्की र कमल खत्रीले समान २÷२ विकेट लिए । त्यस्तै कोशीका लागि अंकित सुवेदीले ४९, सुजन घिमिरेले ४३,मिनास थापाले २५, सोनु अन्सारीले १७ र आशिष भट्टराईले १० रन बनाए । अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् । यता लुम्बिनीले बलिङमा नर सार्कीले ४ विकेट लिएभने वीर मगरले ३, अभिषेक गौतमले २ र कृष्ण कार्कीले १ विकेट हात पारे । यता एपीएफ र सुदूरपश्चिमको खेलमा ८८ रनको लक्ष्य पछ्याएको एपीएफले ३ विकेटको झिनो जित निकाल्यो । एपीएफले ८९ रन बनाउन ७ विकेट गुमायो । एपीएफका लागि सन्दीप जोराले नट आउट १८, आसिफ शेखले १५, भुवन कार्कीले १४, प्रदीप ऐरीले १२ रन बनाए पनि अन्यले राम्रो खेलन सकेनन् । सुदूरपश्चिमका लागि दीपक चन्दले ४ र नरेन साउदले ३ विकेट हात पारे । यता सुदूरपश्चिमका लागि नारायण जोशीले नट आउट ३१ रन बनाउ भने खडक बोहराले २४ रन बनाए । अन्यले दोहोरो रन स्कोर बनाउन सकेनन् । एपीएफका लागि चन्दन रामले ५ विकेट लिए भने भुवन कार्कीले ३, रोहति पौडेलले २ विकेट हात पारे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);