फागुन २४ शनिबार ।
देशभरका शिक्षकहरुले फेरि काठमाडौं केन्द्रित सडक आन्दोलन सुरु गरेका छन् ।झन्डै १७ महिनाअघि सरकारसँग भएको सहमति कार्यान्वयनका लागि दबाब दिन शिक्षकहरू फेरि आन्दोलनमा उत्रिएका हुन ।
देशभरबाट भेला भएका शिक्षक शिक्षिकाहरुले काठमाडौको माइतीघरदेखि नयाँबानेश्वरसम्म बृहत आन्दोलन गरेका हुन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा विगतका सहमति कार्यान्वयन गर्दै विद्यालय शिक्षा ऐन छिटो जारी गर्न माग राख्दै दबाब दिन शिक्षकहरुले बृहत आन्दोलन सुरु गरिएको महासंघले जनाएको छ ।
महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।





