मधेशको माग सम्बोधन नभए सरकार गठन प्रक्रियामा सहभागी नहुनेः राजपा | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

मधेशको माग सम्बोधन नभए सरकार गठन प्रक्रियामा सहभागी नहुनेः राजपा

१३ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालले मधेशको माग सम्बोधन नभए आफूहरु सरकार गठन प्रक्रियामा सहभागी नहुने स्पष्ट पारेको छ ।

मधेशको माग सम्बोधन नभए सरकार गठन प्रक्रियामा सहभागी नहुनेः राजपा

१३ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालले मधेशको माग सम्बोधन नभए आफूहरु सरकार गठन प्रक्रियामा सहभागी नहुने स्पष्ट पारेको छ ।

राजपाका नेता राजेन्द्र महतोले यथास्थितिमा काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन प्रक्रियामा भाग लिन नसकिने पनि स्पष्ट पार्नु भयो । उहाँले यथास्थितिमा मधेशमा निर्वाचन हुनै नदिने चेतावनी पनि दिनु भयो । नेता महतोले सेना परिचालन गरेर निर्वाचन गरिए मुलुक गम्भीर दुर्घटनामा फस्ने दावी समेत गर्नु भयो ।

शनिवार राजधानीमा आयोजित अन्तरक्रियामा बोल्दै महतोले सरकारलाई निर्वाचनको वातावरण बनाउन पुनःआग्रह गर्नु भयो । नेता महतोले सरकारको गलत नीतिका कारण मुलुक अनिर्णयको बन्दी बनेको आरोप पनि लगाउनु भयो । राष्ट्रिय जनता पार्टी, नेपालले स्थानीय तहको संख्या जनसंख्याको आधारमा थप नगरिए निर्वाचनमा भाग लिन नसकिने अडान राख्दै शुक्रबार एक साता लामो आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको छ ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचन नरोकिने स्पष्ट पार्नु भयो । उहाँले सरकार स्थानीय तहको दोस्रो चरणको निर्वाचनको वातावरण बनाउन प्रतिवद्ध रहेको पनि उल्लेख गर्नु भयो ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार खनालले मधेश केन्द्रित दलहरुलाई निर्वाचनमा भाग लिन पनि आग्रह गर्नु भयो । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार खनालले माघ ७ गते भित्र तीनै तहको निर्वाचन हुनेमा शंका नगर्न आग्रह गर्नु भएको छ । 

Leave a Reply