कोरोनाविरुद्ध ४० लाख साइनोम्याक्स खोप विसर्जन गर्ने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

कोरोनाविरुद्ध ४० लाख साइनोम्याक्स खोप विसर्जन गर्ने सरकारको तयारी

काठमाडौं,७ माघ । सरकारले कोरोना भाइरसविरुद्ध ल्याएको ४० लाख मात्रा खोप विसर्जनगर्ने तयारी गरेको छ । चीनले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य मन्त्रालयले विसर्जन गर्ने तयारी गरेको हो ।

बुस्टर डोजका लागि प्रयोग हुन नमिल्ने भएपछि साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा खोप थन्किएको ४० लाख मात्रा खोप विसर्जन गर्नुपर्ने भएको हो । विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले बुस्टर डोजका लागि प्रयोग गर्न नभनेपछि राष्ट्रिय खोप सल्लाहकार समितिले सिनोभ्याक खोप नलगाउने निर्णय गरेको थियो । उक्त खोप चीन सरकारबाट अनुदानमा नेपाल आएको थियो । बुस्टर डोजका लागि प्रयोग गर्न नमिल्ने अनि पहिलो र दोस्रो मात्रा खोप लगाउनेहरु नभएपछि खोपको प्रयोग नभएको मन्त्रालयले जनाएको छ ।

खोपलाई धेरै तापक्रममा वा इँटाभट्टामा राखेर जलाउने भन्नेमा छलफल भइरहेको छ ।कोरोना महामारीको बेला साइनोभ्याक्स खोप नेपाल आउँदा धेरैले पहिलो र दोस्रो मात्रा लगाइसकेको खोप महाशाखाले जनाएको छ । बुस्टर डोजका लागि सीनोभ्याकको सट्टा फाइजर खोप प्रयोग गरिएको थियो

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);