सिमा विवाद समाधान गर्न सरकार अग्रसर भएन : सिमाविद् श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८२, शुक्रबार

सिमा विवाद समाधान गर्न सरकार अग्रसर भएन : सिमाविद् श्रेष्ठ

sima stamba

काठमाडौं, १० माघ । सिमाविद् बुद्धिनारायण श्रेष्ठले भारतसँगको सिमा विवाद समाधान गर्न सरकार आफै अग्रसर नभएको आरोप लगाएका छन् । सिमाविद् श्रेष्ठले वीरगंजमा नेपाल–भारतबीच पटक–पटक सीमा विवाद हुने गरेको उल्लेख गर्दै त्यसलाई समाधान गर्न सरकार आफै तयार नभएको स्पष्ट पारेका छन् ।

उनले १५ वर्ष अघि पनि वीरगंजको सार्कीटोल र इनरुवामा भारतसँग सीमा विवाद हुँदा त्यसलाई समाधान गर्न सरकार मुखदर्शक भएको उनले स्मरण गरे । नापी विभागमा पूर्व महानिर्देशक समेत रहेका उनले बुधबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालको भूमि भारतले मिच्दै आएको स्विकार गरेर अघि बढनुको विकल्प नरहेको तर्क गरे ।

सिमाविद् श्रेष्ठले नेपाल–भारतबीचको सिमा विवाद समाधान गर्न ८ हजार ५ सय ५३ वटा सिमा खम्बा तत्काल स्थापना गर्नुपर्ने सुझाव दिए । उनले कतिपय सिमा स्तम्भ लोप नै भईसकेका कारण पनि नेपाल–भारतबीच सिमा विवाद हुने गरेको बताए ।

सिमाविद् श्रेष्ठले नेपालले आफ्नो भूमिकाको रक्षा गर्न चुक्ने गरेको बताएका छन् । उनले नेपालका गरिव किसानलाई भारतीय सीमा सुरक्षा बलले पेलेरै पनि नेपाली भूमि मिचिएको स्मरण गरे । सिमाविद् श्रेष्ठले वीरगंजको छपकैयामा भारतले सीमा मिचेको हो, होइन भन्ने प्रमाण जुटाउन ढिलाई गर्न नहुनेमा जोड दिए ।