उच्च हिमाली जिल्लामा बाक्लो हिमपात (फोटो फिचर ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

उच्च हिमाली जिल्लामा बाक्लो हिमपात (फोटो फिचर )

मौषममा बदली भएसँगै उच्च हिमाली जिल्लामा बाक्लो हिमपात भएको छ । दार्चुला, जुम्ला, कालिकोट रुकुम लगायतका जिल्लामा हिमपात भएको हो । हिमपातका कारण जनजिवन कष्टकर भएको छ । तर हिउँ परेपछि सुक्न थालेको बाली सप्रिने भन्दै कृषक हर्षित भएका छन् ।

दार्चुला, जुम्ला, कालिकोट रुकुम लगायतका जिल्लामा लामो समयपछि हिमपात भएको हो । दार्चुलाको व्याँस, राप्ला, सुनसेरा, हुती, खण्डेश्वरी, लटिनाथ, सितोला क्षेत्रमा हिमपात भएको छ ।

हिमपातले जनजिवन कष्टकर भएपनि कृषकहरु हर्षित भएका छन् । पानी नपरेका कारण दार्चुलामा लागाइको गहुँ बाली बिग्रन थालेको थिाये । बाक्लो हिउँ परेपछि बाली सप्रने भन्दै कृषक हर्षित भएका हुन ।

उता जुम्ला पनि हिमपातले सेताम्मे भएको छ । जुम्ला सदरमुकाम खलंगामा दुई इन्च हिउ परेको छ भने गाउँ र लेकमा एक फिट भन्दा बढी हिमपात भएको छ । हिमपात भएपछि जुम्लाको तापक्रम शुन्यमा झरेको छ । हिमपात पछि जुम्मलाका कृषक पनि खुसी भएका छन् । हिउदे बाली जौ, गहु, मकै, आलु लगायतका बालि र स्याउ, ओखर लगायतका फलफूल राम्रो उत्पादन हुने भन्दै कृषक खुसी भएका हुन् ।

त्यस्तै रुकुम पूर्वको पुथा उत्तरंगा गाउँपालिकाको मैकोट क्षेत्रमा भारी हिमपात भएको हो । रुकुम पश्चिमको उच्च भागहरुमा हिमापत भएको छ ।

कालिकोटमा पनि बाक्लो हिमपात भएको छ । हिमपातका कारण सर्वसाधरण घरबाट बाहिर निस्कन सकेका छैनन् । चिसोले बालबालिका तथा वृद्धवृद्धा बढी प्रभाबित भएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);