कर्णालीमा हिमपात र वर्षा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

कर्णालीमा हिमपात र वर्षा

काठमाडौं,१९ माघ । कर्णाली प्रदेशमा हिमपात र वर्षा भएको छ । बिहीबार बिहानदेखि कर्णालीका सबैजसो जिल्लामा वर्षा भइरहेको छ भने हिमाली जिल्लामा हिमपात भइरहेको छ ।

यस्तै मध्य पहाडका जिल्लाहरुका लेकाली तथा उच्च भू–भागहरुमा पनि हिउँ परिरहेको छ । चिसोले गर्दा जनजीवन प्रभावित भएको छ । हिमपातसँगै भएको वर्षातले किसानहरु भने उत्साहित छन् । यो वर्ष लामो समयसम्म पानी नपर्दा खडेरीले हिउँदे बाली सुक्न थालेको थियो । हिउँदे बाली सुक्न थालेसँगै कृषकहरु उत्पादनमा ह्रास आउने चिन्तामा थिए ।

तर, हिमपातसँग वर्षातले राहत दिएको कृषकहरु बताउँछन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक वीरबहादुर ओलीका अनुसार हिमालीतिरका सबै जिल्ला र बाँकी जिल्लाहरुको पनि उच्च स्थानहरूमा हिउँ परिरहेको छ । रुकुम पश्चिम र पूर्वी रुकुमको सिमानामा दुई फिट हिउँ परेर सडक अवरुद्ध भएको उहाँले बताउनुभयो । ओलीका अनुसार त्यहाँ अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको छ ।

विशेषगरी जुम्ला सदरमुकाम खलंगा, हुम्ला, मुगु, डोल्पामा भने हिउँले ढपक्कै ढाकेको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने कर्णालीका हिमाली जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);