दार्चुलामा बस दुर्घटना,१५ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८१, सोमबार

दार्चुलामा बस दुर्घटना,१५ जना घाइते

दार्चुला,५ माघ । दार्चुलाको खेट्टेबगरमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन।

आज बिहान ५ः३० बजे दार्चुलाको खलंगाबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ गइरहेको सु.प.प्र ०२-००१ ख १०३१ नम्बर को यात्रुवाहक बस महाकाली न.पा ५ खेट्टेबगर स्थित डम्पिङ साइड नजिक दुर्घटना भएको हो।

घाइते भएका १५ जना मध्ये एक जनाको आवस्था गम्भीर रहेको र घाइतेहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको र दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।

बस सडक बाट अन्दाजी २० मिटर तल खसेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);