‘श्रीमतीले सम्बन्ध राख्दिनन् न्यायाधीशज्यु,सम्बन्धविच्छेद गरिदिनुहोस्’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

‘श्रीमतीले सम्बन्ध राख्दिनन् न्यायाधीशज्यु,सम्बन्धविच्छेद गरिदिनुहोस्’

एजेन्सी,३ माघ । मध्यप्रदेश हाईकोर्टले विवाह अस्वीकार गर्ने विषयमा महत्त्वपूर्ण टिप्पणी गरेको छ । उच्च अदालतले विवाह गर्न नमान्नु र शारीरिक सम्बन्ध राख्न अस्वीकार गर्नु मानसिक क्रूरता भएको ठहर गरेको छ । यी दुवै कुरा वैध सम्बन्ध विच्छेदका लागि आधार हुन्।

न्यायाधीश शील नागु र न्यायाधीश विनय सराफको डिभिजन बेन्चले ३ जनवरीमा सम्बन्धविच्छेदको फैसला सुनायो । श्रीमतीले विवाहलाई निरन्तरता दिन र उनीसँग सम्बन्ध राख्न अस्वीकार गरेको आधारमा एक व्यक्तिलाई इजलासले सम्बन्ध विच्छेद गरेको थियो।

उच्च अदालतले आफ्नो आदेशमा विवाह नगर्नु र शारीरिक सम्बन्धलाई अस्वीकार गर्नु मानसिक क्रुरता बराबर भएको बताएको छ । उच्च अदालतले धेरै पटक महिलाले विवाहलाई निरन्तरता दिन र श्रीमानसँग शारीरिक सम्बन्ध राख्न अस्वीकार गरेको बताएको छ ।

इजलासले भन्यो,’शारीरिक अपाङ्गता वा वैध कारणविना एकतर्फी रूपमा लामो समयसम्म यौनसम्पर्क गर्न अस्वीकार गर्नु मानसिक क्रूरता हुन सक्छ भन्ने कुरा हामीले बुझेका छौं ।’ योसँगै इजलासले पारिवारिक अदालतको आदेश पनि खारेज गरेको छ । उच्च अदालतले तल्लो अदालतले पत्नीको तर्फबाट विवाह गर्न नसक्दा सम्बन्धविच्छेदको आधार हुन सक्दैन भन्ने गलत ठहर गरेको बताएको छ ।

उक्त व्यक्तिले दायर गरेको पुनरावेदनका अनुसार उनको विवाह सन् २००६ को जुलाईमा भएको थियो । तर, विवाहपछि श्रीमतीले उनीसँग बस्न र विवाहलाई निरन्तरता दिन अस्वीकार गरिन् । ती महिलाले आफ्नो श्रीमानलाई आफू अर्कैलाई माया गरेको बताएकी थिइन् ।

निवेदनमा उक्त व्यक्ति सन् २००६ मा नै कामका लागि अमेरिका गएको उल्लेख छ । यसपछि ती महिला आफ्नो परिवारसँग बस्न गएकी थिइनन् । तर, सन् २०११ मा पतिले भोपालको पारिवारिक अदालतमा सम्बन्धविच्छेदका लागि निवेदन दिएका थिए । जसलाई अस्वीकार गरिएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);