१८ वर्ष नपुगि सहमतिमा यौन सम्बन्ध राखे कारवाही (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८३, आइतबार

१८ वर्ष नपुगि सहमतिमा यौन सम्बन्ध राखे कारवाही (भिडियोसहित)

काठमाडौं, २८ साउन । विवाह महिला र पुरुषबीचको पवित्र बन्धन हो । जसलाई समाजले वैधानिकता प्रदान गर्दछ । परापूर्वकाल देखि विभिन्न प्रकारका विवाह प्रचलनमा छन् । अब नयाँ मुलुकी संहिता अनुसार महिला र पुरुषबीच शारिरीक सम्पर्कबाट बच्चा जन्मिएमा पनि विवाह भएको मानिने भएको छ ।

नेपाली समाजमा ऐतिहासिक कालदेखि मागी विवाह, भागी विवाह, चोरी विवाह, ब्रम्ह विवाह, गन्दर्भ विवाह जस्ता विभिन्न प्रकारका विवाह गर्ने परम्परा रहेको थियो । जसका आ–आफ्नै विशेषता रहेका छन् ।

यी मध्ये केही विवाहलाई अहिले कानुनी रुपमा प्रतिबन्ध लगाइएको छ । अब मुलुकी ऐनलाई प्रतिस्थापित गर्न बनेको मुलुकी संहिताले विवाहपूर्व नै पुरुष र महिलाबीच शारिरीक सम्पर्क भइ बच्चा जन्मिएको प्रमाणित भएमा स्वतः विवाह भएको मानिने व्यवस्था गरिएको छ ।

तर, जबरजस्ती करणीको कारणले गर्भधारण भइ शिशु जन्मिएमा, विवाह गर्नहुने नाता सम्बन्धबाहेक हाडनाता करणीमा सजाय हुने र विवाह भएको नमानिने उल्लेख छ । धर्मशास्त्रका जानकारहरु भने यसले समाजमा विकृति ल्याउने तर्क गर्छन ।

संहिताको भाग ३ मा रहेको पारिवारिक कानुन अन्र्तगत परिच्छेद १ मा विवाह सम्बन्धी व्यवस्था गरिएको छ । सो व्यवस्थाको दफा ७४ मा शारीरिक सम्पर्कबाट शिशु जन्मेमा विवाह भएको मानिने व्यवस्था छ ।

दफा ६९ को उपदफा १ मा प्रत्येक व्यक्तिलाई कानुनको अधिनमा रही विवाह गर्ने, परिवार कायम गर्ने स्वतन्त्रता दिइएको छ । यस्तै उपदफा २ मा विवाह जुनसुकै किसिमबाट भएको भएतापनि त्यस्तो विवाह सार्वजनिक गर्नु वा गराउनुपर्ने उल्लेख छ ।

निम्न अवस्थामा भने कानुनले विवाह गर्न प्रतिबन्ध लगाएको छ :

– शरीरमा मावन रोग प्रतिरोधक क्षमता नष्ट गर्ने जिवाणु एच.आई.भी. वा हेपाटाइटिस ’बी’ रहेको वा यस्तै प्रकृतिका निको नहुने कडा रोग लागेको ।

-यौनाङ्ग नभएको, नपुङ्सक भएको वा सन्तान उत्पादन गर्ने क्षमता नभएको प्रमाणित भैसकेको ।

-होस ठेगानमा नरहेको

– गर्भवती भएको

– नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार ठहरी अदालतबाट सजाय पाएको ।

यस्तो अवस्थाका व्यक्तिसँग कसैले झुक्याएर विवाह गरेको ठहरेमा विवाह गर्ने वा गराउनेबाट मनासिव क्षतिपूर्ति दावी गर्ने व्यवस्था कानुनमा गरिएको छ ।

पतिले सम्बन्ध बिच्छिेद गर्न पाउने
दफा ९४ मा कानुन बमोजिम पतिपत्नि मानो छुट्टिई भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार ३ बर्ष वा सोभन्दा बढी समयदेखि लगातार अलग बसेमा, पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकालिदिएमा, पत्नीले पतिको अंगभंग हुने किसिमको कुनै अर्कै काम वा जाल प्रपञ्च गरेमा र पत्नीले अरु पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा पतिले सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था रहेको छ ।