बलुचिस्तानमा इरानको हवाई हमलामा २ बालबालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

पुष १ २०८१, सोमबार

बलुचिस्तानमा इरानको हवाई हमलामा २ बालबालिकाको मृत्यु

एजेन्सी,३ माघ । इरानले पाकिस्तानमा क्षेप्यास्त्र प्रहार गरेर बलुच आतंककारीहरूको लुकेको ठाउँलाई निशाना बनाएको छ । पाकिस्तानले इरानको आक्रमणलाई गैरकानूनी भन्दै परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । पाकिस्तानको विदेश मन्त्रालयले दिएको जानकारी अनुसार इरानको हवाई हमलामा दुई बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

पाकिस्तान सरकारले आफ्नो हवाई क्षेत्रको अप्रत्याशित उल्लङ्घनको विरोधमा इस्लामाबादमा तेहरानको शीर्ष कूटनीतिज्ञलाई पनि बोलाएको छ । पाकिस्तानी विदेश मन्त्रालयको विज्ञप्तिमा आक्रमण कहाँ भएको हो भन्ने स्पष्ट नभए पनि पाकिस्तानका विभिन्न सामाजिक सञ्जालबाट बलुचिस्तान प्रान्तमा विस्फोट भएको जानकारी प्राप्त भएको छ ।

पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पाकिस्तानको सार्वभौमसत्ताको उल्लङ्घन पूर्ण रूपमा अस्वीकार्य र गम्भीर परिणाम हुनसक्ने बताएको छ। मङ्गलबार राति इरानको हवाई आक्रमणमा दुई निर्दोष बालबालिकाको मृत्यु भएको छ भने तीन बालिका घाइते भएका छन् । आक्रमणको बारेमा इरानबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।

तेहरान र इस्लामाबादले एकअर्कालाई आतंकवादी हमला गरेको आरोप लगाउँदै आएका छन् । तर इरानले गरेको हवाई हमलालाई स्तब्ध पार्ने घटना हो । पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ,“पाकिस्तान र इरानबीच सञ्चारका धेरै माध्यमहरू हुँदाहुँदै पनि यो गैरकानूनी हमला हुनु अझ चिन्ताजनक छ।“

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);