पाकिस्तानद्वारा इरानमा आक्रमण शुरु | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८१, सोमबार

पाकिस्तानद्वारा इरानमा आक्रमण शुरु

एजेन्सी,५ माघ । पाकिस्तानले बिहीवार इरानको सिस्तान र बलुचेस्तान प्रान्तमा आतंकवादी लुकेका ठाउँहरूबिरुद्ध आक्रमण शुरु गरेको छ ।

पाकिस्तानको विदेश मन्त्रालयले बिहीवारबाट आफूहरुले पनि इरानको आतंवादीहरु लुकेको ठाउँलाई निशाना बनाएर आक्रमण शुरु गरेको बताएको हो ।

पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता मुमताज जाहरा बलोचले पाकिस्तानले इरानको सिस्तान–बलुचेस्तान प्रान्तमा आतंकवादी लुकाउने ठाउँलाई निशाना बनाइ आक्रमण शुरु गरेको बताउनु भयो ।

इरानको विदेश मन्त्रालयको वेबसाइटमा प्रकाशित एक विज्ञप्तिअनुसार दुई पक्षले पाकिस्तानमा जैश अल–जुल्म समूहको बिरूद्ध इरानको आतंकवाद विरोधी कारबाहीका बारेमा मंगलवार छलफल गरेका थिए ।

पाकिस्तानले बुधवार इरानले पाकिस्तानको हवाई क्षेत्र उल्लङ्घन गरेको आरोप लगाउँदै इरानी कारवाहीपछि दुई पाकिस्तानी बालबालिकाको हत्या गरेको र इरानबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);