पोखरा महानगरपालिकाको १४औँ नगर सभा स्थगित | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

पोखरा महानगरपालिकाको १४औँ नगर सभा स्थगित

काठमाडौं,१ माघ । पोखरा महानगरपालिकाको १४ औँ नगर सभा माघ १८ गते बस्ने भएको छ । पुस २९ गते महानगरको हिउँदे सभा बोलाइए पनि करको विषय सम्बोधन हुन नसक्दा नगर सभा स्थगित भएको हो । पोखरा महानगरपालिकाका प्रवक्ता मोति तिमिल्सिनाले आर्थिक ऐनमा राजश्व सम्बन्धि विषयहरु समेटिने जानकारी गराउदै त्यसमा केही संशोधन गर्नुपर्ने विषयवस्तुहरुको लागि पोखरा महानगरपालिका वडा न ४ का अध्यक्ष देवकृष्ण पराजुलीको संयोजकत्वमा १३ सदस्य समिति गठन भएको बताउनु भयो । उहाँले माघ १८ गते पुन सञ्चालनहुने गरी स्थगित भएको जानकारी दिनुभयो ।

 

पोखरा महानगरपालिकाकाले पोखराको घरजग्गा कर घटाउने एजेण्डा नराखेपछि पोखराको कार्यपालिका बैठक स्थगित भएको थियो । मंगलवार बस्ने भनिएको कार्यपालिका बैठक कर घटाउने एजेण्डा नराखेपछि नेपाली काँग्रेसबाट वडाध्यक्ष भएकाहरु बैठकमा सहभागी नहुने भनेसँगै बैठक स्थगित भएको थियो । यता पोखरा महानगरपालिका वडा नं.२ का वडा अध्यक्ष तथा नेपाली काँग्रेस दलका नेता दिवसमान प्रधानांगले पोखरेली जनताको चाहना र भावनाअन्ुसार काम गर्नुपर्ने कर्तव्य भएकोले विविध कारणले गर्दा रोकिएको बिशेष प्रश्तावलाई सम्बोधन गरेर राजश्वलाई घटाउनको लागि कार्यदललाई दुई हप्ताभित्र घटाउन समय दिएको बताउनु भयो ।

 

पोखरा महानगरपालिकामा काँग्रेसका वडाध्यक्षहरूको बहुमत छ । २२ जना वडाध्यक्ष रहेको काँग्रेसले मंगलवार बस्ने भनेको कार्यपालिका बैठकमा कर घटाउने एजेण्डा राख्न सुझायो । तर महानगरले कर घटाउने बारेको एजेण्डा बैठकमा राखेको थिएन । एजेण्डा नै समावेश नभएपछि काँग्रेसका वडाध्यक्षहरूले बैठकमा सहभागी नहुने जानकारी मेयर धनराज आचार्यलाई गराएका थिए । त्यसअघि सभामा प्रश्तुतहुने कार्यसूचि पास गर्न कार्यपालिका बैठक डाकिएको हो । त्यस्तै पोखरा महानगपालिका वडा नम्बर १७ का अध्यक्ष राधिकाकुमारी शाहीले कार्यपालिकाको बैठक नेकपा एमालेले बहिष्कार नगरेको बताउनु भयो । उहाँले समयमा नेपाली काँग्रेसका निर्वाचित सदस्यहरु नआउँदा स्थगति भएको बताउनु भयो ।

 

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य भने १६ र १७ गते कार्यपालिकाको बैठक बस्दे र १८ गते नगर सभा बस्ने बताउनु भयो । उहाँले नगरसभा समयमा नै शुरु गरेको बताउनु भयो । काँग्रेसको बिरोधपछि आर्थिक ऐनमा राजश्व सम्बन्धि विषयहरु समेटिने महानगरले बताएको छ । —न्युज एजेन्सी नेपाल

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);