टर्कीले इराक र सिरियामा ४५ कुर्द लडाकु मार्यो | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

टर्कीले इराक र सिरियामा ४५ कुर्द लडाकु मार्यो

एजेन्सी,२९ पुस । गाजा, वेस्ट बैंक, यमन, लेबनान र सिरियामा आक्रमणको बीचमा टर्कीले पनि शनिबार इराक र सिरियामा कुर्द लडाकु स्थानहरूमा हवाई आक्रमण गरेको थियो । टर्की सरकारले २९ वटा लक्ष्यमा गरेको आक्रमणमा कुर्दिश संगठन पीकेकेका ४५ लडाकु मारिएको दाबी गरेको छ । टर्कीले आफ्नो सेनाले कुर्द लडाकुहरूसँग झडप गरेपछि यो कारबाही गरेको हो।

शुक्रबार भएको उक्त भिडन्तमा नौ टर्कीका सैनिकको मृत्यु भएको थियो । टर्कीको रक्षा मन्त्रालयले ट्वीटरमा जारी गरेको विज्ञप्तिमा उत्तरी इराकको हकुर्क, मेटिना, गारा र कान्डिलमा हवाई आक्रमण गरिएको जनाएको छ । यी आक्रमणहरूमा, गुफाहरू, बंकरहरू र लडाकुहरूको अन्य आश्रयस्थलहरूलाई निशाना बनाइएको छ । उनीहरुको नियन्त्रणमा रहेका तेल अड्डामा पनि बम विष्फोट भएको छ । यी आक्रमणहरूमा घट लडाकू मारिएका छन्।

यसबाहेक उत्तरी सिरियामा भएको आक्रमणमा नौ कुर्दिश लडाकू मारिएका छन् । टर्कीले कुर्दिश सङ्गठन पीकेकेलाई आतङ्ककारी संगठन घोषणा गरेको छ र मौका पाए त्यसविरुद्ध कारबाही गरिरहेको छ । टर्कीले समय समयमा अन्य कुर्द संगठनहरू विरुद्ध पनि कारबाही गर्छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);