बुटवलमा पृथ्वी नारायण शाहको पूर्ण कदको शालिक अनावरण | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

बुटवलमा पृथ्वी नारायण शाहको पूर्ण कदको शालिक अनावरण

स्पन्देही, २७ पुस ||
सत्यनारायण मानन्धर ||
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १० स्थित पृथवीनारायण शाह पथमा नेपाल एकिकरण अभियानका नायक पृथ्वी नारायण शाहको पूर्ण कदको शालिक स्थापना गरी अनावरण गरिएको छ । बुटवल वडा नम्बर १० को टोल नम्वर एक मा रहेको पृथ्वी नारायण शाह पथमा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा एक कार्यक्रमका बिच तत्कालीन बुटवल नगरपालिकका पुर्व नगरप्रमुख रूपसिंह थापाले नेपाल एकिकरण अभियान का नायक पृथ्वी नारायण शाहको सात फिट अग्लो पूर्ण कदको शालिक अनावरण गर्नु भएको थियो ।
नेपाल एकिकरण अभियानका नायक पृथ्वी नारायण शाहको पूर्ण कदको शालिक निर्माणका लागि बुटवल उपमहानगरपालिकाबाट ५ लाख, १० नम्बर वडा कार्यालयबाट पचास हजार रुपैयाँ र जन समुदायबाट सहयोग प्राप्त गरि करिब २२ लाख रुपैयाँमा उक्त शालिक निर्माण गरिएको हो । पृथ्वी नारायण शाहको दुई क्विन्टल तौल भएको धालौतको सात फिट अग्लो शालिक काठमाण्डौको बाफलबाट निर्माण गरेर ल्याएको निर्माण समितिले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);