इण्डोनेसियामा रेल दुर्घटना हुँदा ३ जनाको मृत्यु, १० भन्दा बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८१, शनिबार

इण्डोनेसियामा रेल दुर्घटना हुँदा ३ जनाको मृत्यु, १० भन्दा बढी घाइते

एजेन्सी, २० पुस ||
इण्डोनेसियाको पश्चिम जाभा प्रान्तमा दुईवटा रेल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु हुनुका साथै अन्य १० जनाभन्दा बढी घाइते भएका छन् । प्रान्तीय प्रहरी कार्यालयका प्रहरी प्रवक्ता सिनियर कमिश्नर इब्राहिम टोम्पोले स्थानीय सञ्चार माध्यम मेट्रोटिभीसँगको प्रत्यक्ष अन्तर्वार्तामा रेल चालक, उनका सहायक र एक कर्मचारीको मृत्यु भएको बताए । प्रान्तीय खोज तथा उद्धार कार्यालयका अपरेसन युनिटका प्रमुख सुप्रियोनोका अनुसार जाकार्ता समय अनुसार बिहान ६ः०३ बजे सिकालेङ्का रिजेन्सीमा रेल कम्युटर लाइन बान्डुङ्ग राया र तुरङ्गा रेल एक आपसमा ठोक्किएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);