एजेन्सी,२० पुस । बगदादमा ड्रोन आक्रमणमा मारिएकाहरूको बिहीवार साँझ अन्तिम संस्कार गरिएको छ । इराकी अर्धसैनिक हशद शाबी बलका सयौं सदस्यहरू र नागरिकहरूले इराकी संसदका सदस्यहरू हशद शाबी सेनाका नेताहरू, धर्मगुरुहरू र आदिवासी शेखहरू लगायतका शवयात्रामा भाग लिएका थिए ।
पूर्वी बगदादमा बिहीवार भएको ड्रोन आक्रमणमा हस्द शाबी सेनाका तीन सदस्यको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको आन्तरिक मन्त्रालय स्रोतले जनाएको छ ।
बगदादको पूर्वी भागमा रहेको प्यालेस्टाइन स्ट्रिटमा रहेको हशद शाबीको १२ औं ब्रिगेडको मुख्यालयमा अज्ञात ड्रोनबाट आक्रमण भएको थियो । जसमा ब्रिगेड नेता तालिब अल–साइदी, उनका एक सहयोगी र एक लडाकुको मृत्यु भएको थियो ।