सरकारले खटाएको ठाउँमा जाने एमाले निकट कर्मचारीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

सरकारले खटाएको ठाउँमा जाने एमाले निकट कर्मचारीको घोषणा

office

काठमाडौं, ९ माघ । नेकपा एमाले निकट निजामती कर्मचारी संगठनले सरकारले खटाएको ठाउँँमा जान तयार रहेको घोषणा गरेको छ।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल निजामती कर्मचारी संगठनले नयाँ सरकारलाई सघाउने योजनासहित आफुहरु सरकारले पठाएको जुनसुकै स्थानमा जान तयार रहेको घोषणा गरेका हुन् । तर, प्रदेश वा स्थानीय तहमा पठाउँदा एक तह बढुवा हुनुपर्ने उनीहरुको माग छ । संगठनका अध्यक्ष केदार देवकोटाले विधि र मापदण्ड पुर्याएर समायोजन गरिए जुनसुकै तह र स्थानमा जान तयार रहेको बताए ।

सरकारले प्रदेश र स्थानीय तहहरुमा आवश्यकता अनुसार कर्मचारी पठाउन सकेको छैन । कर्मचारी समायोजन तथा व्यवस्थापन ऐनमा स्वच्छिक अवकास वा खटाएको ठाउँमा जाने दुई विकल्प अघि सारिएको छ । यसैबीच संगठनको तेस्रो बैठकले भ्रष्टाचार न्यूनिकरणका लागि आफ्ना सदस्यहरूलाई स्वच्छ, निश्पक्ष र पारदर्शी भएर काम गर्न आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);