इयु सदस्यहरू समुन्द्री आन्तरिक सीमा नियन्त्रणहरू हटाउन सहमत | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

एजेन्सी,१५ पुस । युरोपेली संघ (इयु) सदस्य राष्ट्रहरूले बुल्गेरिया र रोमानियासँगको हवाई र सामुन्द्रिक आन्तरिक सीमा नियन्त्रणहरू हटाउन सर्वसम्मत सहमतिमा पुगेका छन् । जसले दुई देशहरूलाई सेन्जेन क्षेत्रमा पूर्ण पहुँच प्राप्त गर्न मार्ग प्रशस्त गरेको छ ।

सेन्जेन अधिग्रहणका बाँकी पक्षहरूको सन्दर्भमा आन्तरिक सीमानाहरूमा नियन्त्रण हटाउने लगायतका विषय समावेश छन् । काउन्सिलले दुई देशहरूले आवश्यक शर्तहरू पूरा गरेपछि लागू हुने शेन्जेन मूल्याङ्कन प्रक्रियाहरू पछ्याएर निर्णय गर्ने बताएको छ ।

१९८५ मा पाँच इयु सदस्य राष्ट्रहरूबीच अन्तरसरकारी परियोजनाको रूपमा उत्पत्ति भएको युरोपको स्वतन्त्र आवतजावतको शेन्जेन क्षेत्र क्रमशः सात चरणहरूमार्फत बिस्तार भएको छ ।

शेन्जेन क्षेत्रमा हाल २७ देशहरू छन्, ४ मिलियन वर्ग किलोमिटर भन्दा बढी फैलिएको छ, लगभग ४२० मिलियन जनसंख्या रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);