काठमाडौं, ९ माघ । नुवाकोटमा पहिलोपटक हाटबजार मेला शुरु भएको छ । सोमबारबाट सुरु भएको मेलामा पहिलो दिन नै १ लाख बराबरको कारोबार भएको छ ।
नुवाकोट उद्योग वाणिज्य संघ, जिल्ला समन्वय समिति, जिल्ला कृषि विकास कार्यालय, विदुर नगरपालिका,अक्फाम, जिल्ला पशुविकास कार्यालय र सुआहाराको संयुक्त आयोजनामा मेला आयोजना गरिएको हो । मेलामा ५० वटा स्टल राखिएको छ ।