गगनको चेतावनीः राम्रो काम गर्न नसके प्रचण्डलाई खुमलटार पठाउने हैसियत काँग्रेससँग छ | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

गगनको चेतावनीः राम्रो काम गर्न नसके प्रचण्डलाई खुमलटार पठाउने हैसियत काँग्रेससँग छ

काठमाडौं, १४ पुस ||
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पु¥याउने चेतावनी दिनुभएको छ । शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री दाहालले सरकारमा रहेर राम्रा काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत काँग्रेसको रहेको जिकिर गर्नुभयो । उहाँले काँग्रेसले चाहेर नै दाहाललाई प्रधानमन्त्री बनाइएको भन्दै काँग्रेसले नचाहेको दिन प्रधानमन्त्री रही रहन नसक्ने बताउनु भयो । उहाँले काँग्रेस नभए देश गृह युद्धमा फस्ने दाबी गर्नुभयो । उहाँले बालकुमारीमा बिहीवार भएको घटनाप्रति दुःख व्यक्त गर्नुभयो ।
महामन्त्री थापाले पार्टी सभापतिको गोजीबाट राष्ट्रिय सभा सदस्य छान्ने परिपाटी अन्त्य गर्नुपर्ने बताउनु भयो । उहाँले यसबारेमा आफूले महासमितिको बैठकमा प्रश्ताव गर्ने र सो प्रश्तावमा सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्ताहरुसँग आग्रह गर्नुभयो उहाँले राष्ट्रिय सभा सदस्य मनोनयन गर्न लामो छलफल गरेपनि पार्टी सभापतिको गोजीबाट नै अन्तिममा नाम टुंगो लाग्ने परिपाटी अन्त्य गर्नुपर्ने बताउनु भयो । महामन्त्री शर्माले सरकारमा गएका मन्त्रीहरुले काम गर्न नसके फिर्ता बोलाउनुपर्ने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);