बिपीको विचारलाई मूर्ति झैँ पूजा गर्नेकुरा बिपीमाथिको ठूलो अन्याय होः महामन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

बिपीको विचारलाई मूर्ति झैँ पूजा गर्नेकुरा बिपीमाथिको ठूलो अन्याय होः महामन्त्री थापा

काठमाण्डौ, भाद्र ३०
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बिपीको कोईरालाको विचारलाई मूर्ति झैँ पूजा गर्नेकुरा बिपीमाथिको ठूलो अन्याय भएको बताउनुभएको छ । शनिवार बिपी कोईरालाको जेल डायरी लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले बिपीलाई महामानव भन्दैगर्दा महामानवको आवरण भित्र गुम्सिएका महाविचारहरु ओझेलमा परेको बताउनु भयो । उहाँले महामानव भनेर बिपीको विचारमा छलफल नै गर्नु नहुने, बिपीको विचारलाई मूर्ति पूजा गरेको जस्तो पूजा गर्नेकुरा बिपीमाथिको ठूलो अन्याय हुने उल्लेख गर्नुभयो । उहाँले बिपीले आफूलाई मानव झैँ व्यवहार गर्न तर आफ्नो विचारलाई निष्ठाको अर्थमा बुझ्न आग्रह गर्नुभएको उल्लेख गर्नुभयो । उहाँले बिपीले भनेको निष्ठा छोडेर महामानव बनाउनु बिपी माथिको अन्याय भएको बताउनु भयो । उहाँले यसको प्रायश्चितमा काँग्रेसले यस पटक केन्द्रिय कार्यालयमा बिपी महोत्सव आयोजना गरेर बुझाएको बताउनु भयो ।

महामन्त्री थापाले सभापति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री भएपनि नैतिक शक्ति र नेता छ की छैन भन्ने प्रश्न खडा भएको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);