दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउने | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अबको दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउने दाबी गर्नुूभएको छ ।

बुधवार नेकपा माओवादी केन्द्र केन्द्रिय सहकारी तथा गरीवी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले २ दिभित्र सरकारले पूर्णता पाउने दाबी गर्नुभएको हो ।

अब पूर्णरुपमा सरकारको नीति बनाउने र बजेट निर्माणमा ध्यान केन्द्रित प्रधानमन्त्री प्रचण्डले बताउनु भयो । उहाँले गुणात्मक रुपमा र जनताले केही राहत पाउनेगरी बजेट निर्माण गर्ने प्रतिवद्धता जनाउनु भयो । जनताले फरक अनुभुति गर्न नसके अहिलेसम्मका सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने उहाँले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा जनतामा आशा जगाउने अधिकतम काम गर्ने प्रयास गर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);