काठमाडौं, १३ पुस । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ झन् अराजक बन्दै गएका छन् । उनले पछिल्लो समय धार्मिंक हिंसा मच्चाउने गतिविधिलाई बढावा दिइरहेका छन् ।
उपमहानगरका प्रमुख भएपनि उनी कुनै विद्रोही सशस्त्र समूहको नेता जसरी सक्रिय भइरहेका छन् । उनको यो गतिविधिलाई कुनै बाह्य शक्तिको आँड मिलिरहेको हो की भन्ने विषय पनि नउठेको होइन ।
धरानमा मन्दिर अगाडि चर्च निर्माणमा समेत उनको भूमिका देखिएको थियो । यसले अराजक रुप लिएको थियो ।
हर्क साम्पाङले हालैमात्र धरानमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर यलम्बरको राखेका छन् । यलम्बर प्रथम किराँत राजा हुन् । उनको यो चेतावनीलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
पूर्वी नेपालमा जातीय हिंसा मच्चाउने योजनाहरु बनिरहेका छन् । यसै अन्तर्गत गोरु काण्ड मच्चाइएको थियो । साम्पाङ यस्तै गतिविधिमा सक्रिय भई सस्तो लोकप्रीयता बटुल्ने र अराजकता बढाउने योजनामा लागेका छन्
उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् यलम्बरको तस्वीर राख्ने जानकारी दिएका थिए ।