राष्ट्रियसभा निर्वाचन : आयोगद्धारा ७ जिल्ला न्यायाधीशलाई अधिकृत नियुक्त | ईमाउण्टेन समाचार

Our Network

माघ २९ २०८२, बिहीबार

राष्ट्रियसभा निर्वाचन : आयोगद्धारा ७ जिल्ला न्यायाधीशलाई अधिकृत नियुक्त

काठमाडौं,१२ पुस । निर्वाचन आयोगले २०८० माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातजनालाई निर्वाचन अधिकृत नियुक्त गरेको छ । पुष १९ गतेदेखि लागू हुनेगरी आयोगले सातजना जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृत पदमा नियुक्त गरेको हो ।

आयोगले मोरङ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुंगेल कोशी,धनुषा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सुवेदी मधेश,मकवानपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्की बागमती प्रदेश,कास्की जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद वास्तोला गण्डकी, दाङ जिल्ला अदालतका न्यायाधीश कृपासुर कार्की लुम्बिनी,सुर्खेत जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अर्याल कर्णाली र कैलाली जिल्ला अदालतका न्यायाधीश ओमप्रसाद अर्याललाई सु्दूरपश्चिम प्रदेशका लागि निर्वाचन अधिकृत तोकेको हो ।

अधिकृतले पुष १६ गते सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न समेत निर्देशन दिएको छ ।

Leave a Reply