काठमाडौं, ९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नारायण–बुटबल सडक खण्ड विस्तारको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउने भएको छ । रास्वपाले आजदेखि सो सडक खण्डमा पैदलयात्रा सुरु गर्दैछ ।
पैदल यात्रा बिहान ९ बजेदेखि चितवनको पुल्चोकबाट सुरु गर्ने भएको छ ।
नारायणगढ–बुटबलसम्म ११३ किलोमिटर दुरीको पैदल यात्रा ३ दिनमा सक्ने जनाइएको छ । पैदल यात्रामा सभापति रवि लामिछानेसहित, पार्टीका नेता,सांसद, कार्यकर्ता लगातको सहभागिता रहनेछ ।
सहभागीले पार्टीको झण्डा,लोगो र टि–सर्ट प्रयोग नगर्ने भएको छ ।




