शिक्षकहरुको एउटै दरबन्दी बनाउनुपर्ने भण्डारीको जोड | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

शिक्षकहरुको एउटै दरबन्दी बनाउनुपर्ने भण्डारीको जोड

काठमाडौं, ९ पुस । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले सबै शिक्षकहरुको एउटै दरबन्दी बनाउनुपर्ने बताउनुभएको छ । आईतवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद भण्डारीले शिक्षकहरुको एउटै दरबन्दी बनाउनुपर्ने बताउनु भयो ।

उहाँले शिक्षकहरुले समयको मागअनुसार विद्यार्थीलाई शिक्षा दिनसक्छ/सक्दैन भन्ने अहिलेको चुनौति रहेको उल्लेख गर्दै त्यस निम्ति पनि सचेत हुनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले शिक्षकहरुले निजामती कर्मचारीसरहको सेवा, सुविधा माग्नु जायज रहेको बताउनु भयो । गुणात्मक शिक्षा दिनका लागि शिक्षकहरु अभिभावक, विद्यार्थी, पाठ्यक्रम र परिणामसँग जोडिनुपर्ने उहाँले बताउनु भयो । विद्यार्थीलाई उसको व्यवहार र क्रियाकलापका आधारमा पनि मूल्यांकन गर्नुपर्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘शिक्षकहरुको एउटै दरबन्दी बनाउनुपर्छ । यो भन्दा बाहिर जानु हुँदैन । अर्कोतिर हामीलाई चुनौति छ, समय अनुसार हामी अपडेट त हुन सकेनौँ । तर वर्तमान शिक्षकले समयको मागअनुसार विद्यार्थीहरुलाई अगाडी बढाउन सक्छ कि सक्दैन ? भन्ने चुनौति छ । त्यसका निम्ति हामी सम्बन्धित निकायसँग नै कुरा गरेर यसको समाधान गर्नुपर्छ । किनभने नयाँ आउने युवाहरुलाई पनि हामीले रोक्नु हुँदैन । पुराना शिक्षकहरुलाई पनि हामीले असन्तुष्ट बनाउनु हुँदैन । त्रिभुवन विश्वविद्यालयको प्राध्यापकलाई पनि हामीले कुनै सुविधा दिएका छैनौँ । नेपाल सरकारको अधिकृतको गाडी हुन्छ । मोटरसाइकल हुन्छ । तर उसको केही हुँदैन । जसले जन्मायो उसैको केही हुँदैन । भनेपछि उनीहरुले हामीलाई नेपाल सरकारका कर्मचारीसरह मान्यता देउ भन्ने कुरा जायज होइन भन्ने लाग्दैन । जायज नै हो । शिक्षकहरु अभिभावकसित, विद्यार्थीसित, पाठ्यक्रमसित, रिजेल्टसित जोडिनुपर्छ । तबमात्र शिक्षाले पूर्णता प्राप्त गर्नसक्छ । हामी गुणात्मक शिक्षा भन्छौँ । के गुणात्मक शिक्षाको परिभाषा पश्चिमाहरुले जे लगाइदिन्छन् हाम्रो पनि त्यही हो त ? यो हामीलाई सबैभन्दा ठूलो चुनौति हो । पास, फेल भन्नेकुरा कपिमा एस र नो को भएको आधारमा हुँदैन । उसको क्रियाकलाप, व्यवहारको आधारमा पनि रिजेल्ट मार्क गर्नुपर्छ । हाम्रो बच्चाहरु गाई दुहुन जाने, भैँसी दुहुन जाने, घाँस काट्न जाने, दाउरा चिर्न थाले भने त्यो गुणस्तर होइन ? त्यसकारण हाम्रा विज्ञहरु यो देशको निम्ति पश्चिमाहरुले बनाइदिएको कपि पेस्ट मात्रै गरे नेपाल अनुसार बुझेनन् त्यो पनि हाम्रो समस्या छ । त्यसकारण यसलाई पनि हामीले यो विधेयकमा हेर्नुपर्छ ।’

उहाँले नेपालको अवस्थिति अनुरुपको शिक्षा विद्यार्थीहरुलाई दिनुपर्नेमा जोड दिनुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);