निराशाको पराकाष्ठा– जनताको विकल्प विदेशी भुमी | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

निराशाको पराकाष्ठा– जनताको विकल्प विदेशी भुमी

काठमाडौं, ५ पुस ||
बिन्दु अधिकारी ||
विश्वका अधिकांश मुलुक विकासको बाटोमा अग्रसर भईरहदा नेपाल भने उल्टो दिशामा कुदीरहेको छ । यसले गर्दा मुलुकको प्राय सबै क्षेत्र लथालिंग हुदै झन झन दुरावस्थामा पुगिसकेको छ । देशमा रोजगार सृजना नहुदा पिडित बनेका नागरिक विदेशी भुमीलाई विकल्प बनाईरहेका छन् भने नेतृत्व मुकदर्शक मात्रै छ । देशको अवस्था शिथिल बन्दै जादा विदेशी शक्तिको खेलमैदान बनीरहेको छ नेपाल ।
नेपालको हरेक क्षेत्रको अवस्था लथालिङग छ । जुन क्षेत्रसंग नागरिकको दैनीकी जोडिएको हुन्छ अझ यसको त के कुरा गर्ने ? संविधानमा उल्लेख भएको नागरिकको मौलीक हक गास, बास र कपासको ग्यारेन्टि नहुदा नेतृत्वप्रति जनतामा नैराश्यता मात्रै छ । नेपाललाई सिङगापुर बनाउछौं भन्दै गफ हान्ने नेताहरु व्यक्तिगत स्वार्थमा केन्द्रित हुदा देशको सुशासन, समृद्धि एक कदम झन पछि धकेलिएको छ । जनताप्रति लापरवाहि, गैरजिम्मेवार र घुसपैठदेखी नेताहरुकै मिलेकतोमा हुने भ्रष्ट्राचारले जनता वाक्कदिक्क भएका छन् । प्रत्येक नागरिकको रक्षा गर्नु सरकारको अर्को महत्वपुर्ण दायीत्व हो । तर सरकार यतिसम्म लाचार बनेको छ की सम्झौता नै नभएका देशमा दिक्क भएर अबैध तरिकाले गएका आफ्ना नागरिकहरुलाई समेत संकटमा पर्दा सरकारले स्वदेश झिकाउन सक्दैन । जसको गतिलो उदाहरण ईजरायल–हमास युद्धका क्रममा हमासको बन्धक बनेका विपीन जोशी हुन् । यीनी त एक प्रतिनिधि पात्र मात्रै हुन् । यस्तो कयौं देशमा नेपाली नागरिकहरु अलपत्र पर्दा उनिहरुको चित्कार तेल हालेर बसेका यी नेताहरुका कानमा कहिल्यै पुग्दैन । तसर्थ यस्तो सरकारप्रति न त जनता ढुक्क नै हुने ठाउ छ न त नेताहरु सुध्रीन्छन् भन्नेमा आशा । तर समस्याहरु समाधान गर्ने बारम्बार अवसर पाउदापनि नेताहरु भने एक अर्काप्रति आरोपप्रत्यारोपमै केन्द्रित हुन्छन् ।
उदेश्य नै नभएके मुलुक देख्दा स्वदेशमै केहि गरौं भन्ने सोच बोकेका केहि युवा, बुद्धिजिवी वर्ग पनि विच्किसकेका छन् । अर्कोतर्फ विश्वकै सुन्दर मानीने गणतन्त्रलाई कमजोर बनाउदा एकदुई व्यक्तिको थर्काईमा काप्न थालेको छ । पुर्खाहरुले रगत बगाएर सीर्जेको देशको अस्तित्व नै केहि व्यापारी र बलिया समुहसंग मात्रै छ । यता उत्पादन शुन्यमा हुदा विदेशी ऋणको भारी प्रत्येक नागरिकहरुले बोक्न बाध्य छन् ।
सबै जनताको आशाको केन्द्र हुनुपर्ने सिंहदरबार आफैमा सामन्त र पञ्चायतकाल भन्दा फरक छैन । अहिलेका नेतृत्वले जनतालाई अधिक आशावादी बनाउने र निराशा बाड्ने काम गरिरहेको छ । राजनितीक खिचातानी र अस्थिरताको प्रतिफल परिर्तनको संवाहक मानीने युवा वर्ग र सम्पुर्ण जनताले विदेशी भुमीमा श्रम बेच्न परेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);