नेपालले प्रदेश धान्न सक्दैन, खारेज गर्नुपर्छः अध्यक्ष केसी | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

नेपालले प्रदेश धान्न सक्दैन, खारेज गर्नुपर्छः अध्यक्ष केसी

काठमाडौं, ३ पुस ||
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेज गर्नुपर्ने बताउनुभएको छ । मंगलवार बुटवलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघीय प्रणाली असाध्यै खर्चिलो भएको र संघीय प्रणाली बोक्नुमा नेताहरुमात्रै नभइ नेपाली जनता पनि उत्तिकै दोषी रहेको बताउनु भयो । उहाँले संघीयताका कारण ८ सय ८४ जना सांसद र १ सय ३८ जना मन्त्रीहरु पाल्नुपरेको बताउनु भयो । सरकारले सेना, प्रहरीको तलव र वृद्धभत्ता दिन नसक्ने भनिरहेको बेला यति धेरै सांसद र मन्त्रीहरुलाई कसरी पाल्न सक्नछ ? भन्दै अध्यक्ष केसीले प्रश्न गर्नुभयो । उहाँले संघीयता काम नलाग्ने रहेछ भन्नेकुरा सबैले अहिले महशुस गर्न थालेको स्पष्ट पार्नुभयो । उहाँले प्रदेश खारेज गरी प्रदेशमा हुने खर्च नगरपालिका र गाउँपालिकामा पठाउनुपर्ने बताउनु भयो । अध्यक्ष केसीले नेपालमा लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);