माओवादीको पदाधिकारी बैठक आज, यी विषयमा छलफल हुँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

माओवादीको पदाधिकारी बैठक आज, यी विषयमा छलफल हुँदै

moist office

काठमाडौं,३ पुस । सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक दिउँसो ३ बजे बस्ने नेकपा माओवादी केन्द्रले जनाएको छ । बैठकमा पार्टीको रुपान्तरण अभियान, राष्ट्रियसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताएइएको छ ।

भदौ १६ बाट सुरु भएको माओवादीको रुपान्तरण अभियान पुस १६ मा सकिँदैछ । त्यसलगत्तै केन्द्रीय समिति बैठक बोलाउने तयारी छ । केन्द्रीय समिति बैठकले नै विधान सम्मेलनको तिथि मिति तय गर्नेछ । आगामी फागुन २१ गते रिक्त हुने १९ जना राष्ट्रियसभा सदस्य पदका लागि माघ ११ मा निर्वाचन हुँदै छ ।

निर्वाचन आयोगले राष्ट्रिय सभाका १९ पदमा निर्वाचनको कार्यतालिका समेत सार्वजनिक गरेपछि राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटेका छन् । सत्ता गठबन्धन सम्बद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबिच राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँट गरेर जाने सहमति भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);